अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा : संयुक्त राष्ट्र सङ्घ

 चैत १८, २०७८ शुक्रबार १६:४१:२५ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घले अफगानिस्तानमा ९० लाख मानिस भोकमरीको जोखिममा रहेको बताएको छ । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले अफगानिस्तानको अर्थतन्त्र ध्वस्त भएको र ९० लाख मानिस भोकमरीको जोखिममा रहेका बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ ।

उहाँले संयुक्त राष्ट्र सङ्घ र यसका साझेदारहरूले आफगानिस्तानमा जीवन बचाउने सहायता प्रदानलाई निरन्तरता दिन दाताहरूलाई आह्वान गर्नुभएको छ । अफगानिस्तानमा मानवीय अवस्था कमजोर रहेको भन्दै महासचिव गुटेर्रेसले तत्कालै थप सहयोग चाहिएको बताउनुभएको छ ।

गएको वर्षकाे अगस्टमा अफगान सरकारको पतन र तालिबान सत्तामा फर्किएपछि अफगानिस्तानमा मानव अधिकारको अवस्था नाजुक भएको छ । अफगानिस्तानमा द्वन्द्व समाप्त भए पनि मानव अधिकारको गम्भीर उल्लङ्घन भइरहेको छ । तालिबानले गैरन्यायिक मृत्युदण्ड, जबरजस्ती बेपत्ता, यातना, स्वेच्छाचारी नजरबन्द, महिला अधिकार कटौती, मिडियाविरुद्ध आक्रमणलगायतका क्रियाकलाप गरिरहेका छन् । 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया