‘विश्वभर नेपाली क्रिकेटको मार्केटिङ भइरहेको छ, लगानी गर्दा घा...
पुस ४, २०८१ बिहिबार
काठकाण्डाै – आज घोडेजात्रा । नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विभिन्न कार्यक्रम गरेर घोडेजात्रा मनाएको छ । हरेक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा पर्व मनाउने प्रचलन रहेको छ । त्यस अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रममा उपस्थिति जनाउनुभएको थियो । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाकाे एक टुकडीले सलामी अर्पण गरेको थियो ।
नेपाली सेनाकाे तर्फबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्ध कलालगायतको प्रदर्शन गरिएकाे थियो । त्यस्तै सेनाले साइकल रेस, टांगन घोडा दौड, शो जम्प, चार्जर घोडा दौड, क्याभ्लरी ड्रिल राइड, टेन्ड पेगिङ लगायतका कार्यक्रम गरेको थियो ।
यसरी भयाे जात्राकाे सुरुवात
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको र राक्षसबाट पीडित स्थानीयवासीले विभिन्न उपाय लगाएर त्याे राक्षसलाई संहार गरेको किंवदन्ती प्रचलित छ । तर पनि राक्षसको प्रेतात्मा फेरि जागा भइ बालबालिकालाई अनिष्ट गर्न सक्ने भय स्थानीयवासीमा रहिरहेकाेले प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने प्रचलन रहेको छ । सहरका बालबालिकामाथि कुनै खतरा नहोस् भन्ने हेतुले आज राति नै त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । त्यसो गर्नाले वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास रहिआएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।