युक्रेनले रुसमा रहेकाे इन्धन भण्डारण केन्द्रमा आक्रमण गर्‍याे

 चैत १८, २०७८ शुक्रबार २०:३६:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनी सेनाले रुसमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ । आज शुक्रवार बेलग्रोदमा रहेको विमानस्थलमा रहेको इन्धन भण्डारण केन्द्रमा युक्रेनी सेनाले दुई वटा हेलिकप्टरबाट आक्रमण गरेको बीबीसीले जनाएको छ ।  

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले  यस्ता आक्रमणले रुस–युक्रेन बीचको शान्ति वार्तालाई प्रभावित पुर्‍याउन सक्ने बताउनुभएको छ ।  यसअघि बेलग्राेद क्षेत्रका गभर्नरले युक्रेनी आक्रमणमा तेल डिपो जलेर नष्ट भएको बताउनुभएको थियो । आक्रमणमा मानवीय क्षति भने नभएको खबरमा जनाइएको छ । केही समययता रुस र युक्रेनबीचको द्वन्द्व चलिरहेको छ । 

यसैबीच रुस–युक्रेन युद्धका कारण विश्वभर वस्तुको मूल्य आकाशिएको छ । यसले विश्वव्यापी रूपमा उपभोक्ताहरूलाई ऊर्जादेखि खानासम्मका विभिन्न वस्तुहरूका लागि बढी रकम तिर्नुपरेको अन्तर्राष्ट्रियस्तरका अर्थविज्ञहरूलाई उद्धृत गर्दै समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बेलायतमा पेट्रोल र डिजेलको मूल्यले ‘झन्डै दैनिक’ रेकर्ड तोडेको छ । डेनमार्कमा पनि पेट्रोलियम पदार्थको भाउ उसैगरी बढेको छ । तेलको मूल्य बढेसँगै उपभोक्ताले आफ्नो खर्च कटौती गर्ने निर्णय गरेका छन् । मूल्य वृद्धिको प्रभाव युरोपबाहिर पनि परेको छ । धेरैले युक्रेन सङ्कटसँगको निकटता र रुसको ऊर्जामा निर्भरताका कारण युरोपले स्पिलओभरको असर लिने धारणा राखेका थिए । द्वन्द्वको विकास र विश्वव्यापी बजारमा धक्का लाग्दा विश्वव्यापी उपभोक्ताहरूले पीडा महसुस गरिरहेका छन् ।

मध्यपूर्वका धेरै देशले  अन्न, तेल र मासुको मूल्य पनि बढेको बताएका छन् । रुस–युक्रेन द्वन्द्व चलिरहेको अवस्थामा मूल्यहरू उच्चस्तरमा रहने वा अझै बढ्ने अपेक्षा गरिएको र तत्काल समाधान नहुने टिप्पणीहरू भइरहेका सिन्ह्वाले जनाएको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया