श्रीलङ्कामा प्रदर्शन चर्किएपछि ३६ घण्टे कर्फ्यु आदेश जारी

 चैत १९, २०७८ शनिबार २०:८:३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

श्रीलङ्कामा आर्थिक सङ्कटकाबीच कर्फ्यु आदेश जारी भएको छ । श्रीलङ्का सरकारले आज शनिवार बेलुका ६ बजेदेखि पर्सि साेमवार बिहान ६ बजेसम्म अर्थात् ३६ घण्टे लामो कर्फ्यु आदेश जारी गरेको बीबीसीले जनाएको छ । 

खाना, इन्धनलगायतका दैनिक उपभोग्य वस्तुको अभाव हुन थालेपछि त्यहाँका नागरिकले सरकारविरुद्ध प्रदर्शन चर्काउँदै आएका छन् । प्रदर्शन नियन्त्रणका लागि हिजाे शुक्रवार राति सङ्कटकाल घोषणा गरेकोमा आन्दोलन झनै बढ्दै गएपछि कफ्र्यु आदेश जारी गरिएकाे हाे । अहिले सहरहरूमा सेना परिचालन गरिएको छ । सेनालाई शङ्कास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

श्रीलङ्का अहिले गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको छ । विदेशी मुद्राको अभावका कारण श्रीलङ्काले इन्धन किन्न सकिरहेको छैन । अहिले श्रीलङ्कामा कम्तीमा १२ घण्टा बिजुली कटौती भइरहेको छ । यस्तै इन्धन, अत्यावश्यक खाद्यान्नसहितका सामग्रीको अभाव भएको छ । 

दुई करोड २० लाख जनसङ्ख्या भएको श्रीलङ्काले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दीकाे सामना गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया