राजनीतिमा तानातान र सडकमा गाली चल्नु दुःखद : शर्मा

 चैत १९, २०७८ शनिबार २०:१२:४७ | रासस
unn.prixa.net

फाइल फाेटाे

झापा – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिमा तानातान गर्ने र सडकमा एकअर्कामा गाली चल्नु दुःखद रहेको बताउनुभएको छ । झापाको शान्तिनगरमा पवित्रा भेषराज प्रतिष्ठानद्वारा आज शनिवार आयोजित पुरस्कार तथा सम्मान वितरण कार्यक्रममा उहाँले राजनीतिमा सबै खराब छन् भनेर नबुझ्न आग्रह गर्नुभयो । 

उहाँले राजनीतिलाई सिर्जनशील बनाउन जरुरी रहेको बताउँदै भन्नुभयो, ‘देशको सुदृढीकरणको खाका बनाउनुपर्छ, राजनीतिमा सबै खराब छन् भनेर बुझ्नु न्यायोचित हुँदैन ।’ शिक्षा र सञ्चारलाई प्राथमिकतामा राखेर प्रतिष्ठानका गतिविधि सञ्चालन गरिरहेको पवित्रा भेषराज प्रतिष्ठानको उच्च सम्मान गर्दै शर्माले प्रतिष्ठानले सामाजिक रूपान्तरण एवम् शैक्षिक क्षेत्रमा गरेको काम सराहनीय रहेको धारणा राख्नुभयो ।

प्रतिष्ठानले नवौँ वार्षिकोत्सवमा आज पत्रकार र विद्यालयसहित १० प्रतिभालाई सम्मान तथा पुरस्कृत गरेको छ । कार्यक्रममा पत्रकार भरत भुर्तेल स्मृति पत्रकारिता पुरस्कार पत्रकार इन्दु पूर्वेलीलाई नगद २५ हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको थियो । 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया