श्रीलङ्कामा आन्दोलन रोक्न कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध

 चैत २०, २०७८ आइतबार १२:१४:३० | एजेन्सी
unn.prixa.net

श्रीलङ्कामा दैनिक उपभोग्य वस्तुको अभाव भएपछि चर्किएको आन्दोलन रोक्न कर्फ्यु आदेशसँगै सामाजिक सञ्जालमा पनि प्रतिबन्ध लगाइएको छ ।

हिजो बेलुकी ६ बजेदेखि ३६ घण्टे कर्फ्यु आदेश जारी गरेको श्रीलङ्का सरकारले सामाजिक सञ्जालको पहुँच पनि बन्द गरेको बीबीसीले जनाएको छ । श्रीलङ्कामा फेसबुक, ट्विटर, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल बन्द गरिएका छन् । राष्ट्रपति गोटाबाय राजापाक्षेले अधिकारीहरूको लिखित अनुमति बाहेक कुनै पनि सार्वजनिक सडक, पार्क, रेल वा समुद्री किनारमा जान निषेध गरिएको आदेश जारी गर्नुभएको छ ।

प्रदर्शनकारीहरुले बिहिबार राष्ट्रपति भवन नजिकै गाडीमा आगजनी गरेपछि प्रदर्शन रोक्नका लागि देशव्यापी कर्फ्यु आदेश जारी भएको हो । सेनालाई बिना वारेन्ट पक्राउ गर्ने अधिकार दिइएको छ ।

टापु राष्ट्र श्रीलङ्का चरम आर्थिक सङ्कटमा फसेको छ । विदेशी मुद्राको अभावले इन्धन खरिद गर्न नसक्दा इन्धन, खाद्यन्न, औषधि लगायतको अभाव भएको छ । दैनिक कम्तीमा १२ घण्टा लोडसेडिङ भइरहेको छ । कागज खरिद गर्न नसक्दा माध्यमिक तहको परीक्षा समेत स्थगित गरेको श्रीलङ्काले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दीको सामना गरिरहेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया