पाकिस्तान : प्रधानमन्त्री इमरान खानविरुद्धकाे अविश्वास प्रस्ताव खारेज, संसद् भङ्ग गर्न सिफारिस

 चैत २०, २०७८ आइतबार १३:४४:१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव खारेज भएको छ । पाकिस्तानको नेशनल एसेम्बलीले आज आइतवार उहाँविरुद्धको अविश्वास प्रस्ताव खारेज गरेको हो । प्रधानमन्त्री इमरान खानको सरकारविरुद्ध मतदानअघि नै नेशनल एसेम्बलीका उपसभामुखले अविश्वास प्रस्तावलाई नै असंवैधानिक बताउँदै खारेज गर्नुभएको हो । 

अविश्वास प्रस्ताव खारेज भएसँगै प्रधानमन्त्री इमरान खानले देशलाई सम्बोधित गर्दै संसद् भङ्ग गर्दै चुनाव गराउनका लागि राष्ट्रिपति आरिफ अल्भीसमक्ष सिफारिस गरेको बताउनुभएको बीबीसीले जनाएको छ ।

देशलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘देशविरुद्ध यति ठूलो षड्यन्त्र भइरहेको थियो र आज असफल भयो । चुनावको तयारी गर्न जनतालाई आग्रह गर्दछु ।’ 

यसअघि पाकिस्तानको नेशनल एसेम्बलीमा विपक्षको अविश्वास प्रस्तावलाई उपसभामुख कासिम खान सूरीले संविधानको धारा ५ को उल्लङ्घन गर्ने बताउनुभएको थियो । 

याे निर्णयलाई लिएर विपक्षी सांसदहरूले आक्रोश व्यक्त गरेका र उनीहरूले संसद्को बैठक कक्ष छाड्न अस्वीकार गरिरहेका बीबीसीले जनाएकाे छ । 

पाकिस्तान पिपल्स पार्टीका अध्यक्ष बिलावल भुट्टो जर्दारीले सरकारको कदमलाई चुनौती दिन वकिलहरू सर्वोच्च अदालत जान लागेको बताउनुभएकाे छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया