रुसद्वारा युक्रेनको ओडेसामा ‘डरलाग्दो’ आक्रमण, पेट्रोलियम प्रशोधन केन्द्र ध्वस्त

 चैत २०, २०७८ आइतबार १५:१५:३६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रुसले युक्रेनकाे ओडेसामा ठूलाे आक्रमण गरेको छ । रुसले क्षेप्यास्त्रमार्फत ओडेसामा रहेको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा आक्रमण गरेको बीबीसीले जनाएको छ । 

रुसी आक्रमणबाट युक्रेनकै ठूलो मानिएको प्रशोधन केन्द्र ध्वस्त भएको र ओडेसाका आकाश कालो धुँवाले ढाकिएको खबरमा उल्लेख छ । पोल्ताभाका मेयरले रुसले गरेको आक्रमण निकै डरलाग्दो र ठूलोमध्येको एक रहेको बताउनुभउको छ । 

युक्रेनको दक्षिणमा रहेको ओडेसा ब्ल्याक सीसँग जोडिएको र ठूला अन्तर्राष्ट्रिय बन्दरगाह भएका कारण रुसले कब्जा गर्न खोजिरहेको छ । यो बन्दरगाह कब्जा गरेमा रुसले लडाइँमा महत्त्वपूर्ण सफलता हात पार्ने भएकाले ओडेसामा आक्रमण बढाइरहेको छ । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया