शेयर बजार राताम्मे, कारोबार रकम डेढ अर्ब रुपैयाँ पनि पुगेन, ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट

 चैत २०, २०७८ आइतबार १५:२४:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हप्ताको पहिलो दिन आज आइतवार शेयर बजार घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ८९ अङ्कले घटेर दुई हजार पाँच सय १३ दशमलव ४१ विन्दुमा झरेको छ ।

म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, माइक्रोफाइनान्स, उत्पादन र अन्य समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज दुई सय २४ वटा कम्पनीका ३२ लाख ५३ हजार कित्ता शेयर एक अर्ब ४६ करोड सात लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै सूर्य लाइफ इन्सुरेन्सको नौ करोड ७२ लाख रुपैयाँको शेयर किनबेच भयो ।

सबैभन्दा धेरै युनाइटेड मर्दी जलविद्युत् र सूर्य लाइफ इन्सुरेन्स कम्पनीकाे शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार राताम्मे हुँदा पनि राष्ट्रउत्थान र नेष्डो समृद्ध लघुवित्त र इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया