टाटा माेटर्सले ल्यायाे 'केयर प्लस' प्याकेज

 चैत २०, २०७८ आइतबार २०:३९:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज टाटा मोटर्स केयर प्लस ल्याएको छ ।

केयर प्लस मर्मत योजनाले सवारी साधान चलाउँदा बचत र सुरक्षाको ग्यारेन्टी दिने कम्पनीले जनाएकाे छ । टाटा मोटर्सले अहिले नेपाली बजारमा नौ वटा मोडल बिक्री गरिरहेको छ ।

यद्यपि केयर प्लस अहिले टाटा नेक्सन (पेट्रोल) मा मात्र उपलब्ध रहेकाे र पछि अन्य मोडलमा पनि यसको सेवा विस्तार गर्ने कम्पनीकाे योजना छ ।

ग्राहकले गाडी बिक्री भएको मितिदेखि तीन सय ६५ दिनभित्र वा १५,पाँच सय किलोमिटर गुड्नु अगाडि केयर प्लस याेजना लिन सक्नेछन् । केयर प्लस प्याकेज सिप्रदीका २४ वटै सेवा केन्द्रमा उपलब्ध हुनेछ । 

थप विवरण https://tatacars.sipradi.com.np/careplus मा उपलब्ध छ । साथै इच्छुक ग्राहकले केयर प्लस प्याकेजको बारेमा थप जानकारीका लागि टोल फ्री नम्बरहरू १६६००१५५७७७ र ९८०१५७५७७७ मा फाेन गर्न सकिने कम्पनील जनाएकाे छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया