अमेरिकाकाे क्यालिफाेर्नियामा गाेली चल्दा ६ जनाको ज्यान गयाे, ९ घाइते

 चैत २०, २०७८ आइतबार २०:३३:२० | एजेन्सी
unn.prixa.net

साङ्केतिक तस्बिर

अमेरिकाको क्यालिफोर्निया राज्यको राजधानी साक्रामेन्टोमा गाेली हानाहान हुँदा गोली लागि ६ जनाको ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे सिन्ह्वाले बताएकाे छ । याे घटनामा कम्तीमा नौ जना घाइते भएका स्थानीय प्रहरीले आज आइतवार जानकारी गराएको छ । 

प्रहरी विभागले ट्वीटमार्फत् दिएकाे जानकारीमा भनिएको छ, घटनामा कम्तीमा १५ जनालाई गोली लागेको र उनीहरूमध्ये ६ जनाको ज्यान गएकाे छ । 

साक्रामेन्टोमा आज बिहानै गोली हानाहान भएपछि प्रहरीले धेरै सडक बन्द गरको थियो । विगत केही वर्षमा अमेरिकाभरि बन्दुक आक्रमण बढ्दै गएको छ ।

बन्दुक हिंसाको तथ्याङ्क सङ्कलन गर्न सक्रिय गैरनाफामूलक अनुसन्धान समूह, ‘गन भाइलेन्स अर्काइभ’ ले गरेको एक अध्ययनअनुसार यस वर्षसम्म देशमा बन्दुकको हिंसाका कारण १७ हजार मानिस घाइते भएका छन् भने तीमध्ये सयौँको ज्यान गएकाे छ ।

यस अवधिमा अमेरिकामा कम्तीमा एक सय १० ठाउँमा सामूहिक आक्रमण भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया