गाडी लगायत विलासी सामाग्रीको प्रतित पत्र रोक्न राष्ट्र बैंकको निर्देशन

 चैत २२, २०७८ मंगलबार ८:२३:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । विदेशी मुद्रा सञ्चिती घट्दैै गएको र अर्थतन्त्र नै सङ्कटमा पर्न थालेपछि राष्ट्र बैंकले वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा  प्रतिनिधिहरूलाई बोलाएर एलसी नखोल्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकको निर्देशनसँगै अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको आयात अब नहुने भएको छ । अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो । अहिले गाडीको अत्याधिक माग रहेको छ । छलफलमा राष्ट्र बैंकका अधिकारीहरूले गएको साउनयता मात्रै ७० अर्ब रुपैयाँ भन्दा बढीको गाडी तथा पाट पुर्जा आयात भएको भन्दै अब अर्को व्यवस्था नभएसम्मका लागि गाडीको आयात रोक्नुपर्ने बताएका छन् ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले अत्याश्यक बाहेक गाडी लगायतका बस्तुको आयातमुखी कर्जा कम गर्न पनि बैंकहरुलाई आग्रह गरेको जानकारी दिनुभयो । गएको साउनदेखि माघसम्म सात महिनाको अवधिमै अमेरिकी डलर सञ्चिति १७ प्रतिशतले घटेको छ । देशको अर्थतन्त्र निकै अप्ठ्यारो अवस्थामा पुगेकोले यसबेला आयातलाई कडाइ गर्नुपर्ने बाध्यता रहेको छलफलमा राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन् । हिजो आकस्मिक रुपमा बोलाइएको छलफलमा राष्ट्र बैंकको अनुसन्धान, नियमन, सुपरीवेक्षण । विनिमय व्यवस्थापन विभागका प्रमुखहरुले वाणिज्य बैंकका सीईओहरुलाई निर्देशन दिएका हुन् ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया