इण्डाेनेसियामा छात्रालाई बलात्कार गर्ने एक शिक्षकलाई मृत्युदण्डको सजाय

 चैत २२, २०७८ मंगलबार ९:२६:२८ | एजेन्सी
unn.prixa.net

इण्डाेनेसियामा १३ जना छात्रालाई बलात्कार गर्ने एक जना शिक्षकलाई मृत्युदण्डको सजाय दिइएको छ । ती शिक्षकले सन् २०१६ देखि २०२१ को अवधिमा १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको ठहर गर्दै अदालतले मृत्युदण्डको सजाय सुनाएको सीएनएनले जनाएको छ ।

बलात्कारमा दोषी ठहर भएका व्यक्ति एउटा मुस्लिम विद्यालयका शिक्षक हुन् । इण्डाेनेसियाको बाल संरक्षण मन्त्रीसहित केही अधिकारीले मृत्युदण्डको सजायको समर्थन गरेका छन् । एक जना शिक्षकले धेरै छात्राहरुको बलात्कार गरेको आरोप पुष्टि भएसँगै इण्डाेनेसियाका धार्मिक विद्यालयहरुमा सुरक्षाको चिन्ता बढेको सीएनएनले जनाएको छ ।  

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया