पेरुमा मूल्यवृद्धि विरुद्ध आन्दोलन चर्कियो, राष्ट्रपतिद्वारा कर्फ्यु आदेश

 चैत २२, २०७८ मंगलबार १४:३७:१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इन्धन र खाद्यवस्तुमा भएको मूल्यवृद्धि विरुद्धको आन्दोलन चर्किँदै गएपछि पेरुको राजधानी लिमामा कर्फ्यु लगाइएको छ । आन्दोलन हिंसात्मक हुँदै गएको भन्दै पेरुका राष्ट्रपति पेड्रो कास्टिलोले राजधानी लिमा र प्रमुख सहर कालाओमा कर्फ्यु आदेशको घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

ट्रक र बस चालकसहितका आन्दोलनकारीले मुख्य राजमार्गहरू बन्द गर्ने, प्रहरीका भवन जलाउने लगायतका गतिविधि चर्काएपछि राष्ट्रपतिले कर्फ्यु लगाउनुभएको हो । सरकारले गएकाे हप्ता इन्धनमा लगाएको कर हटाउने र मजदुरको ज्याला १० प्रतिशतले बढाउने निर्णय गरे पनि आन्दोलनकारीले इन्धनको मूल्य घटाउनुपर्ने र मजदुरको ज्याला थप बढाउनुपर्ने माग राखेका छन् ।

आन्दोलनमा देशको मुख्य ट्रेड युनियन संस्था र चालकहरूले नेतृत्व गरेकाले आन्दोलन मत्थर हुने सङ्केत नदेखिएको खबरमा उल्लेख छ । आन्दोलन हिंसात्मक हुँदै गएको भन्दै पेरुमा रहेको अमेरिकी दूतावासले आफ्ना नागरिकलाई सर्तक रहन भनेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया