साढे ४६ अङ्कले घटेर शेयर बजार राताम्मे, कारोबार रकममा सामान्य सुधार

 चैत २२, २०७८ मंगलबार १५:१६:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिजो साेमवार १६ अङ्कले घटेको शेयर बजार आज मङ्गलवार पनि उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४६ दशमलव ४६ अङ्कले घटेर दुई हजार चार सय ५२ दशमलव शून्य ६ विन्दुमा झरेको छ । 

शेयर बजार दाेहाेराे अङ्कले घटेकाे दिन होटल समूहबाहेक अरू सबै समूहको शेयर घटेर बजार राताम्मे भएको छ । आज कारोबार रकममा भने सामान्य सुधार आएको छ । हिजो एक अर्ब ५८ करोड रुपैयाँको कारोबार भएकोमा आज दुई सय २८ वटा कम्पनीका ५८ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब ६७ करोड १२ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ६७ लाख रुपैयाँको शेयर किनबेच भएको छ । 

आज सबैभन्दा धेरै इमर्जिङ नेपाल कम्पनीको शेयर १० प्रतिशतले घटेको छ भने नारायणी विकास बैंक र युनाइटेड मार्दी जलविद्युत् कम्पनीको शेयर ६ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । समग्र बजार घट्दा पनि राष्ट्र उत्थान लघुवित्त र नेस्डाे समृद्ध लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया