आजदेखि काठमाण्डाै उपत्यका समुद्रसँग जाेडियाे, बन्दरगाह निर्यातकाे केन्द्र बन्नुपर्छ : मन्त्री शर्मा

 चैत २२, २०७८ मंगलबार १९:६:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थ मन्त्री जनार्दन शर्माले आज (मङ्गलवार) देखि काठमाण्डाै उपत्यका सडकमार्फत समुद्रसम्म जोडिएको बताउनुभएको छ । आज काठमाण्डाैकाे चोभार सुक्खा बन्दरगाहको उद्घाटन गर्दै अर्थ मन्त्री शर्माले समुद्रमा लोड भएका कन्टेनरहरू सडकमार्फत बन्दरगाह आउने भएकाले काठमाण्डाै समुद्रसँग जोडिएको बताउनुभएको हो । 

मन्त्री शर्माले भन्नुभयाे, ‘व्यापार सहजीकरणमा याे बन्दरगाहले महत्त्वपूर्ण योगदान पुर्‍याउने छ । लागत र समयका दृष्टिकोणले हामी थप उपलब्धि लिनेछौँ । लागत पनि कम हुने छ । बन्दरगाह उद्घाटन गर्दै गर्दा एउटा प्रतिबद्धता जनाउनुपर्छ । कोरोनाले एउटा शिक्षा दिएको छ । त्यसपछि अहिले रुस र युक्रेनको युद्धले हामीलाई चुनौती दिइरहेको छ । हाम्रो अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ । त्यस कारण यो सुक्खा बन्दरगाह आयातको केन्द्रविन्दु मात्रै नभएर निर्यातको एउटा महत्त्वपूर्ण केन्द्र बन्नु पर्दछ । यसका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर मात्रै सार्थक हुनेछ ।’

कार्यक्रममा नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले २०७८ असारमा नै बन्दरगाह संरचनाको निर्माण सम्पन्न भएको बताउनुभयो ।उहाँले बन्दरगाहमा पाँच सय कन्टेनर र पाँच सय ट्रक अट्ने गरी ६५ हजार वर्गकिलोमिटरको पार्किङ क्षेत्र रहेको जानकारी दिनुभयाे । सुक्खा बन्दरगाह झन्डै एक अर्ब ५४ करोड रुपैयाँमा निर्माण सम्पन्न भएको गजुुरेलको भनाइ छ ।

कार्यकारी निर्देशक गजुरेलले सुक्खा बन्दरगाह निर्माण तथा सञ्चालनले देशमा बढ्दो व्यापार घाटालाई कम गरी निर्यात प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको बताउनुभयो । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया