श्रीलङ्कामा ४१ सांसदद्वारा गठबन्धन छाड्ने घोषणा, समर्थन फिर्तासँगै सरकार सङ्कटमा

 चैत २३, २०७८ बुधबार ६:५७:२८ | एजेन्सी
unn.prixa.net

श्रीलङ्कामा सत्तारुढ दलकासहित ४१ सांसदले समर्थन फिर्ता लिएपछि राष्ट्रपति गोटावाय राजापाक्षको गठबन्धन सरकार अल्पमतमा परेको छ ।

उनीहरुले मिलिजुली सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । गोटावायको श्रीलङ्का पोडुजाना पेरामुनाको नेतृत्वमा रहेका दलका सांसदले अब आफूले स्वतन्त्र रूपमा प्रतिनिधित्व गर्ने बताएका छन् ।

सन् २०१९ मा भएको चुनावमा सत्तारुढ गठबन्धन एक सय ४५ सिटमा विजयी भएको थियो । संसदमा दुई सय २५ सदस्य छन् । आर्थिक सङ्कट भोगिरहेको श्रीलङ्कामा राष्ट्रपति राजापक्षको राजीनामा माग्दै प्रदर्शन भइरहेका छन् ।

राष्ट्रपति गोटावायले प्रतिपक्षी दललाई राष्ट्रिय सरकारका लागि आह्वान गरी मन्त्रिपरिषदमा आउन आग्रह गर्नुभएको छ । नवनियुक्त अर्थमन्त्री अली सब्रीले २४ घण्टा पनि नबित्दै राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

विदेशी मुद्राको सञ्चिति नभएका कारण श्रीलङ्काले इन्धन र अन्य वस्तुको आयातको पैसा तिर्न सकेको छैन । सन् १९४८ मा स्वतन्त्र भएयता श्रीलङ्कामा देखिएको यो सबैभन्दा नराम्रो आर्थिक सङ्कट हो ।  

तस्बिर : बीबीसी

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया