मानव बेचबिखनमा संलग्न रहेको आरोपमा वीरगञ्जबाट चार जना पक्राउ
माघ १९, २०८१ शनिबार
काठमाण्डौ – अर्थतन्त्र समस्यामा पर्दै गएपछि सरकारले हप्तामा दुई सार्वजनिक बिदा दिनेदेखि आउँदो असारसम्म विदेशबाट गाडी रोक्नेसम्मका तयारी गरेको छ । नेपाल राष्ट्र बैंकले अर्थतन्त्र समस्यामा परेको भन्दै विदेशी विनिमय सञ्चिति थप घट्न नदिन अर्थ मन्त्रालयलाई विभिन्न सुझाव दिएको हो ।
राष्ट्र बैंकले काठमाण्डौ उपत्यकासहितका मुख्य सहरमा चल्ने गाडीमा जोर–बिजोर प्रणाली लागू गर्ने, काठमाण्डौ उपत्यकाभित्रका सबै सरकारी र सार्वजनिक कार्यालय सञ्चालन हुने समय एक घण्टा थपेर हप्ताको पाँच दिन मात्रै खुलाउने, चार पाङ्ग्रे र दुई पाङ्ग्रे गाडीमा भन्सारसहितका कर बढाएर आयातमा निरुत्साहित गर्ने र विद्यमान अवस्था सुधार नभएसम्मका लागि कम्तीमा आउँदो असारसम्म आयातमा पूर्ण रोक लगाउन सुझाव दिएको छ ।
यस्तै आयल निगमले आयात गर्दै आएको पेट्रोलियम पदार्थको आयातलाई मासिक १२ देखि १३ अर्ब रुपैयाँमै सीमित गर्नुपर्ने, विद्युतको घरेलु उपयोग बढाउन महसुल घटाउने र विद्युतीय चुल्हो र उपकरण आयातमा सहुलियत दिएर एलपी ग्यासमा दिँदै आएको अनुदान हटाउन पनि राष्ट्र बैंकले सुझाव दिएको छ ।
यस्तै अत्यावश्यकबाहेकका वस्तु आयातका लागि कर्जा नदिने, उच्च मूल्यका टीभी, मोबाइल, रक्सी लगायतको आयातलाई भन्सार शुल्क बढाएर निरुत्साहित गर्ने, पर्यटकको भिसा नवीकरण शुल्क, प्रवेश शुल्क, रोयल्टी जस्ता शुल्क अनलाइनबाटै तिर्ने व्यवस्था मिलाउने, विगतमा स्थगित भएको नेपाल भ्रमण वर्षका गतिविधि बढाउने, रेमिट्यान्स पठाउने र पाउने प्रक्रिया सहज र सरल बनाउने लगायतका सुझाव राष्ट्र बैंकले दिएको छ ।
राष्ट्र बैंकले दिएका सुझावमाथि अध्ययन भइरहेको अर्थ मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
NABIN BASKOTA
April 6, 2022, 6:03 p.m.बिदेशमा काम गर्ने श्रमिकको हकमा २-३ बर्ष वा त्यो भन्दा बढी बिदेशमा काम गरेपछि जोकोहीलाई पनि नेपालमा फर्के पछि , केहि गर्छु भन्नेलाई सरल ऋणको ब्यवस्था हुन सकेमा रेमिटेन्स बढ्न सक्छ । श्रमिकले पनि उक्त ॠणको प्राप्तको लागि बैंक मार्फत पैसा पठाएको हुनुपर्ने ब्यवस्था भएमा भोलि नै सबैले रेमिटेन्स बैंक बाट नै गर्छ ।