टेलिकमका कर्मचारीकाे माग : बाहिरका मान्छेलाई संस्थाकाे प्रबन्ध निर्देशक बनाउन हुँदैन

 चैत २३, २०७८ बुधबार १४:२५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल टेलिकममा टेलिकमभित्रकै कर्मचारीलाई प्रबन्ध निर्देशक बनाउन माग गर्दै कर्मचारीहरू आन्दोलित भएका छन् । आज बुधवार टेलिकमको केन्द्रीय कार्यालयमा नेपाल टेलिकम वर्कश युनियनले खबरदारी सभाको आयोजना गर्दै प्रबन्ध निर्देशकमा टेलिकमभित्रकै वरिष्ठ व्यक्तिलाई नियुक्त गर्न माग गरेको हो । 

सरकारले रिक्त रहेको प्रबन्ध निर्देशकको पदमा नियुक्ति गर्ने तयारी गरिरहेका बेला कर्मचारीहरूले बाहिरबाट व्यक्ति ल्याएर प्रबन्ध निर्देशक बनाउन नहुने भन्दै खबरदारी गरेका हुन् । टेलिकममा संस्था बुझेको, संस्थामा भिजेको र लगानी गरेको मान्छे प्रबन्ध निर्देशक हुनुपर्ने नेपाल टेलिकम वर्कश युनियन केन्द्रीय समितिका अध्यक्ष राजेन्द्रप्रसाद जोशीले बताउनुभयो । टेलिकममा बाहिरी हस्तक्षेप हुन लागेको भन्दै उहाँले बाह्य हस्तक्षेपबाट मुक्त गराउनका लागि खबरदारी गरिएको बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘विभिन्न किसिमका सेटिङका कुराहरू पनि आएका छन् । हामी के चाहन्छौँ भने नेपाल टेलिकमलाई बाह्य हस्तक्षेपबाट होइन, संस्था बुझेको मान्छेले मात्र यो संस्थालाई हाँक्न सक्छ । संस्थाको उन्नति, प्रगतिका लागि र संस्थालाई दिगो जीवन्तता दिनका लागि पनि यहाँको वरिष्ठ व्यक्तिहरू यहाँको प्रबन्ध निर्देशक हुनुपर्छ भनेर हामीले भन्दै आइरहेका छौँ ।’

नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्तिका लागि नियुक्ति प्रक्रियाका विभिन्न मापदण्डलाई परिवर्तन गरिएको भन्दै युनियनले आपत्ति जनाएको छ । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया