नेपालकाे थप ३ सय २५ मेगावाट बिजुली किन्न भारत सहमत

 चैत २३, २०७८ बुधबार १४:५०:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रसारण लाइन

काठमाण्डाै – भारतले नेपालका चार वटा आयोजनाबाट उत्पादित थप तीन सय २५ मेगावाट बिजुली किन्न सहमति जनाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले आज बुधवार पत्रकार सम्मेलन गरेर भारतले विद्युत् प्राधिकरणका तीन वटा सहायक कम्पनी र एउटा निजी कम्पनीले उत्पादन गरिरहेको थप तीन सय २५ मेगावाट बिजुली भारतको प्रतिस्पर्धी बजारमा बेच्न नेपाललाई अनुमति दिएको जानकारी दिनुभयो । 

गएको शनिवार प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा भएको सम्झौतापछि भारतले नेपालबाट थप बिजुली लिने भएको हो । 

भारतले यसअघि १५ मेगावाटको देवीघाट र २५ मेगावाटको त्रिशुली जलविद्युत् आयोजनाको बिजुली मात्रै किन्दै आएकोमा अब कालीगण्डकी जलविद्युत् आयोजनाको एक सय ४० मेगावाट, मर्स्याङ्दी जलविद्युत् आयोजनाको ६७ मेगावाट र मध्य मर्स्याङ्दी आयोजनाको ६८ मेगावाट बिजुली किन्न सहमति जनाएको मन्त्री भुसालले बताउनुभयो । यस्तै लिखु जलविद्युत् आयोजनाको ५१ मेगावाट बिजुली पनि नेपालले भारतलाई बेच्न सक्नेछ । 

अहिले सुक्खायामको समय भएकाले नेपाललाई नै बिजुली अपुग भएको तर असारपछि नेपालमा बिजुली धेरै हुने भएकाले भारतलाई बेच्न सुरु हुने ऊर्जा मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया