शेयर बजारको ओरालो यात्रा रोकिएन, आज २३ अङ्कले घट्यो, झन्डै २ अर्ब रुपैयाँको कारोबार

 चैत २३, २०७८ बुधबार १५:१४:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार पनि दोहोरो अङ्कले घटेको छ । पछिल्लो दुई दिन लगातार उच्च अङ्कले घटेको नेप्से आज २३ दशमलव ३२ अङ्कले घटेर दुई हजार चार सय २८ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज व्यापार, जीवन बीमा र अन्य समूहबाहेक अरू सबै समूहको शेयर घटेको छ । दुई सय २६ वटा कम्पनीका ४३ लाख ७२ हजार कित्ता शेयर एक अर्ब ९९ करोड २९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर १० प्रतिशतले घटेको छ । यस्तै राष्ट्र उत्थान लघुवित्तको शेयर झन्डै साढे पाँच प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटे पनि नेस्डाे समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले तथा सोल्टी होटल र तारागाउँ रिजेन्सीको शेयर झन्डै चार प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: असार १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया