वैज्ञानिकहरू भन्छन्, ‘जलवायु परिवर्तनको असर कम गर्न ऊर्जा उत्पादन र प्रयोगको तरिका बदल्नुपर्छ’

‘पृथ्वीलाई बस्नलायक बनाइराख्न ऊर्जा उत्पादनमा कोइलाको प्रयोग सधैँका लागि राेक्नुपर्छ’

 चैत २३, २०७८ बुधबार १५:५७:४३ | एजेन्सी
unn.prixa.net

सुडानमा पातलिँदै गएकाे जङ्गल, तस्बिर : एपी

काठमाण्डाै – वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण देखिएका खतराहरू कम गर्नका लागि ऊर्जा उत्पादन र उपभोग गर्ने तरिकामा आमूल परिवर्तन आवश्यक रहेको बताएका छन् । 

संयुक्त राष्ट्र सङ्घका वैज्ञानिकहरूले एउटा प्रतिवेदन सार्वजनिक गर्दै पृथ्वीको तापक्रम खतरनाक अवस्थामा पुग्न नदिन अबको तीन वर्षभित्र कार्बन उत्सर्जनको दर द्रुत गतिमा घटाउन थाल्नुपर्ने बताएका बीबीसीले जनाएको छ । तर कार्बन उत्सर्जन घटाउनका लागि अहिले भइरहेको ऊर्जा उत्पादन र प्रयोगमा ठूलो परिवर्तन आवश्यक रहेको वैज्ञानिकहरूको निष्कर्ष छ । 

उनीहरूले सबैभन्दा बढी जोड कोइलाको प्रयोग घटाउनुलाई दिएका छन् । सन् २०२५ भित्रै विश्वमा कोइलाको प्रयोग ४३ प्रतिशतले घटाएर हावा र सूर्यजस्ता टिकाउ स्रोतबाट ऊर्जा उत्पादन गर्न उनीहरूको सुझाव छ । पृथ्वीलाई बस्नलायक बनाइराख्न ऊर्जा उत्पादनमा कोइलाको प्रयोग सधैँका लागि रोक्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । 

यस्तै पेट्रोलियम पदार्थको प्रयोग घटाउनुपर्ने र यसका लागि संसारमा खनिज इन्धनको खपतमा दिइने अनुदान पूर्णरूपमा रोक्नुपर्ने वैज्ञानिकहरूको सुझाव छ । यसो गर्दा खनिज इन्धनको उत्पादन तथा उपयोग घटेर नवीकरणीय ऊर्जाको उत्पादन र खपत बढ्ने वैज्ञानिकहरूको भनाइ छ । यस्तै धनी व्यक्तिहरूले निजी जेट विमानकाे प्रयोग घटाउनुपर्ने, हरेक व्यक्तिका लागि कार किन्ने प्रवृति हटाउने, ऊर्जा धेरै उपयोग गर्ने अहिलेको व्यवहार सुधार गर्नुपर्ने उनीहरूकाे सुझाव छ । 

यस्तै प्रतिवेदनमा आवास, आवागमन र पोषणजस्ता क्षेत्रमा भइरहेको ऊर्जाको मागलाई कटौती गर्न पनि सुझाव दिइएको छ । यसमा न्यून कार्बन खानेकुराको प्रयोग, खानेकुरा खेर नफाल्ने, सहरको निर्माण गर्ने तरिकालगायतमा सुधार गर्नुपर्ने छ । यस्तै वैज्ञानिकहरूले वायुमण्डलको कार्बन हटाउने र सूर्यको किरण पृथ्वीमा आउनबाट कम गराउने प्रविधिको विकास र प्रयोगबारे पनि काम थाल्नुपर्ने सुझाव दिएका छन् । 

अन्तिम अपडेट: भदौ ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया