उद्याेगमा लाेडशेडिङ भएकाे छैन, अलि ‘राजनीति’ भयाे : कुलमान घिसिङ

 चैत २३, २०७८ बुधबार १७:३०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले औद्याेगिक क्षेत्रका उद्योगी व्यवसायीहरूले भनेजस्तो उद्याेगहरूमा १४ घण्टा लोडशेडिङ नभएको बताउनुभएकाे छ । आज बुधवार ऊर्जा, जलस्राेत तथा सिँचाइ मन्त्रालयमा आयाेजित कार्यक्रममा उहाँले तत्कालीन समयमा भारतबाट बिजुली खरिद गर्न समस्या आएकाले कहीँ कतै बिजुली कटौती भएको बाहेक उद्योगहरूमा लोडशेडिङ नगरिएको दाबी गर्नुभयो । 

निर्देशक घिसिङले प्राधिकरणले कुनै पनि उद्योगमा लोडशेडिङ नगरेको बरु केही समस्या भए दुई दिनमा नै समाधान गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले उद्याेगहरूमा प्राधिकरणले लोडशेडिङ गर्‍याे भन्ने विषयहरू पनि आयो । यो तत्कालीन अवस्थाको समस्या थियो तर लामो समयको समस्या जस्तो गरेर कुरा बाहिर आयो । अलि राजनीति कुरा भयाे । बेलुकाको समयमा कुनै उद्योगमा एक/दुई घण्टा ट्रान्समिसन लाइनको कारणले लोड कम गर्ने कुरा प्राधिकरणले समयमा नै भन्ने गरेको हुन्छ, त्योबाहेक कहीँ पनि लोडशेडिङ भएको छैन ।’

निर्देशक घिसिङले रुस र युक्रेनबीचको युद्धको कारण बिजुली आपूर्तिमा देखिएको समस्याको प्रभाव मात्रै हो भन्ने कुरा उद्योगी व्यवसायीहरूले बुझ्नुपर्ने बताउनुभयो । उहाँले तीन महिना भारतबाट केही बिजुली आयात गर्ने तर असारबाट भारतलाई चार सय मेगावट बिजुली निर्यात गर्ने अवस्था रहेको बताउनुभयो । असारसम्म नेपालको बिजुली उत्पादन २३ सय मेगावट पुग्ने निश्चित रहेको उहाँकाे दाबी छ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया