युक्रेनकाे बुचा सहरमा भएको नरसंहारको भारतद्वारा निन्दा, स्वतन्त्र छानबिन गर्न माग

 चैत २३, २०७८ बुधबार १९:१:८ | एजेन्सी
unn.prixa.net

युक्रेनको बुचा सहरमा भएको नरसंहारको भारतले पनि निन्दा गरेको छ । रुसले युक्रेनमाथि गरेको आक्रमणबारे मौन बसेको भारतले बुचामा भएको निःशस्त्र व्यक्तिलाई यातनासहित हत्या गरेको घटनाको निन्दा गरेको हो । 

संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषदमा भारतीय राजदूत टीएस तिरुमूर्तिले बुचा घटनाको निन्दा गर्दै स्वतन्त्र अनुसन्धान गर्न माग गर्नुभएको बीबीसीले जनाएको छ । मानव अधिकार सङ्गठनले बुचाको एउटा चर्चबाहिर झन्डै तीन सय जनाको शव भेटिएको बताएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केन र भारतीय विदेश मन्त्री एस जयशङ्करबीच टेलिफोनमा कुराकानी भएको केही बेरपछि बोलेका भारतीय राजदूत तिरुमूर्तिले बुचामा निःशस्त्र मानिस मारिएका रिपोर्टहरू डरलाग्दा भएको बताउनुभएको बीबीसीले जनाएको छ । 

सैन्य हतियारमा रुसमाथि निर्भर भारतले रुस–युक्रेन तनावलाई वार्तामार्फत समाधान गर्नुपर्ने बताए पनि रुसको कदमको आलोचना भने गरेको थिएन । रुसले पनि कश्मीर मामिलामा समेत भारतलाई समर्थन गर्दै आएको छ । 

यसैबीच रुसी सेनाले युक्रेनको पूर्वी र दक्षिणी सहरहरूमा गोलाबारी गरिरहेको छ । राजधानी किएभ र आसपासबाट पछि हटेको भए पनि खार्किभसहित पूर्वी र दक्षिणी सहरहरूमा आक्रमण भइरहेको बीबीसीले जनाएको छ । आक्रमणको डरले डोनबासबाट हजारौँ मानिस अन्यत्र गइरहेका छन् । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया