पाकिस्तानमा संसद् विघटनविरुद्धको मुद्दामा सर्वोच्चले आज बेलुका आदेश सुनाउँदै, सुरक्षा व्यवस्था कडा

 चैत २४, २०७८ बिहीबार १७:१४:३२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानको संसद् विघटनविरुद्धको प्रारम्भिक आदेश आज बिहीवार आउने भएको छ । मुद्दामा चार दिनसम्म बहस भएको र यसको प्रारम्भिक आदेश आज बेलुका साढे ७ बजे आउने सर्वोच्च अदालतलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । 

प्रारम्भिक आदेश आउने भएपछि सर्वोच्च अदालतबाहिर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ । पाकिस्तानको सर्वोच्च अदालतका मुख्य न्यायाधीश उमर अता बन्दियालले प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वासको प्रस्ताव रोक्नु उपसभामुखको गल्ती भएको बताउनुभएको छ । संसद् विघटनविरुद्ध विपक्षी दलले दर्ता गरेको मुद्दाको बहसका क्रममा वकिलहरूलाई जवाफ दिने क्रममा मुख्य न्यायाधीश बन्दियालले संसदमा पुगेको अविश्वासको प्रस्ताव उपसभामुखले खारेज गर्न नमिल्ने बताएको पाकिस्तानी सञ्चारमाध्यम द डनले जनाएको छ । 

प्रधानमन्त्री इमरान खानले विश्वासको मत नपाउने पक्का भएपछि उपसभामुख कासिम खान सुरीले प्रस्तावलाई नै खारेज गरिदिनुभएको थियो । अविश्वासको प्रस्ताव खारेज भएकै दिन गएको आइतवार प्रधानमन्त्री इमरान खानको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नुभएकाे थियो । संसद् विघटनको निर्णयविरुद्ध विपक्षी दल सर्वोच्चमा गएका छन् । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया