साउदी र यूएईले यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने

 चैत २५, २०७८ शुक्रबार ११:१३:४५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

साउदी अरब र संयुक्त अरब इमिरेट्स यूएईले द्वन्द्वग्रस्त यमनलाई तीन अर्ब ५० करोड अमेरिकी डलर सहयोग गर्ने भएका छन् ।

यमनी राष्ट्रपति अब्द–रब्बु मनसुर हाडीको नेतृत्वमा रहेको परिषद्को गठनपछि यमनका लागि सहयोगको घोषणा गरिएको हो ।

साउदी अरब र यूएईले संयुक्त रूपमा प्रस्तावित दुई अर्ब डलर र संयुक्त अरब इमिरेट्स यमनको केन्द्रीय बैंकमार्फत यमनमा आधारभूत सहयोगका लागि रकम दिइने भएको हो।

यो सहयोग रकम पेट्रोलियम पदार्थ तथा विकास परियोजनामा खर्च गरिनेछ । यसैबीच, साउदी अरबले यमनी परिषद्लाई हुथी विद्रोहीसँग वार्ता सुरु गर्न आग्रह गरेको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया