युरोपियन कमिसनकी प्रमुख उर्सुला भोन युक्रेनमा, राष्ट्रपति जेलन्स्कीसँग भेटवार्ता गर्ने

 चैत २५, २०७८ शुक्रबार १५:५१:४४ | एजेन्सी
unn.prixa.net

युरोपियन कमिसनकी प्रमुख उर्सुला भोन युक्रेन जानुभएको छ । भोनले सामाजिक सञ्जाल ट्विटरमार्फत युक्रेनमा पुगेको तस्बिर सार्वजनिक गर्दै उहाँले आफू युक्रेनको राजधानी किएभमा रहेको जानकारी गराउनुभएको हो ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनको राजधानी किएभ पुग्ने उहाँ सबैभन्दा उच्च पश्चिमी नेतृ रहेको रोयटर्सले जनाएको छ । ईयू कमिसन अध्यक्ष उर्सुलाले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उर्सुलाका साथमा स्लोभाकियाका प्रधानमन्त्री एडवार्ड हेगर र ईयूको विदेश नीति प्रमुख जोसेप बोरल पनि हुनुहुन्छ । यसअघि पोल्यान्ड, चेक गणतन्त्र र स्लोभेनियाका प्रधानमन्त्री पनि रेलमार्फत किएभ गएका थिए ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनको बोरोदियाङ्का सहरमा भएको क्षति बुचा सहरको भन्दा डरलाग्दो रहेको बताउनुभएको छ । भिडियो सन्देशमा जेलेन्स्कीले रुसी सेनाको आक्रमणबाट ध्वस्त भएको बोरोदियाङ्काको एक अपार्टमेन्टमा २६ वटा शव फेला परेको बताउनुभयो । उहाँले रुसी सेनाले जानीजानी सामान्य नागरिक बसेको ठाउँमा आक्रमण गरेको बताउनुभयो । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया