२४ घण्टामै राजीनामा घोषणा गरेका श्रीलङ्काका अर्थ मन्त्रीले पदलाई निरन्तरता दिने

 चैत २५, २०७८ शुक्रबार २०:३२:५२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

यसै हप्ताको सुरुमा नयाँ अर्थ मन्त्री नियुक्त भइ २४ घण्टामा राजीनामा दिएका श्रीलङ्काका सत्तारुढ दलका सांसद अली सबारीले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिने बताउनुभएको छ ।

उहाँलाई गएको सोमवार राष्ट्रपति गोटाबाय राजपाक्षले अर्थ मन्त्री नियुक्त गर्नुभएको थियो भने एक दिनपछि राष्ट्रपतिलाई राजीनामा पेस गर्नुभएको थियो । राष्ट्रपतिबाट उहाँको राजीनामा स्वीकृत भएको थिएन । 

सबारीले आज शुक्रवार संसदमा बोल्दै अर्थ मन्त्रीको जिम्मेवारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

अरू कसैले पनि अर्थमन्त्रीको पदभार ग्रहण गर्न आनाकानी गरेको र राष्ट्रपति राजपाक्षले सबारीको राजीनामा स्वीकृत गर्न नमानेपछि उहाँले पदलाई निरन्तरता दिने बताउनुभएको हो ।

श्रीलङ्कामा आर्थिक सङ्कट, घण्टौँ लामो विद्युत् भार कटौती र इन्धन तथा अन्य अत्यावश्यक आपूर्तिमा अभावको समाधानका लागि सरकारले तत्काल कदम चाल्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भइरहेको छ । 

पूर्व गभर्नरलाई विदेश यात्रामा प्रतिबन्ध

यसैबीच आर्थिक सङ्कटका लागि जिम्मेवार रहेको आरोपपछि श्रीलङ्काको एउटा अदालतले भर्खरै राजीनामा दिएका केन्द्रीय बैंकका गभर्नरको विदेश यात्रामा प्रतिबन्ध लगाएको छ । 

कोलम्बोमा रहेको एक अदालतले गएको सोमवार राजीनामा दिएका अजिथ काबराललाई उनीविरुद्ध गरिएको अभियोगको जवाफ दिन अप्रिल १८ मा अदालतमा हाजिर हुने आदेश दिएको छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया