युक्रेनसँगको युद्धमा आफ्नो सुरक्षा फौजतर्फ ठूलो क्षति भएको रुसको स्वीकार

 चैत २६, २०७८ शनिबार ७:१७:४६ | एजेन्सी
unn.prixa.net

युक्रेनसँगको युद्धमा आफ्नो सुरक्षा फौजतर्फ ठूलो क्षति भएको रुसले स्वीकार गरेको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युद्धका क्रममा रुसी सेनातर्फ भएको क्षति निकै दु:खदायी भएको बताउनुभएको छ। गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । आज ४५औँ दिन पुगिसकेको छ ।

गएको मार्च २५ मा रुसको रक्षा मन्त्रालयले युद्धमा आफ्ना एक हजार तीन सय ५१ जना सैनिक मारिएको बताएको थियो । तर युक्रेनले झन्डै १९ हजार रुसी सैनिक मारिएको दाबी गर्दै आएको छ। रुस र युक्रेनमा युद्धमा ज्यान गुमाएका सेनाको यकिन तथ्याङ्क भने सार्वजनिक हुन सकेको छैन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ता पेस्कोभले बेलायती टेलिभिजन च्यानल स्काइ न्युजसँगको कुराकानीमा युद्धको लक्ष्य प्राप्त हुने दाबी समेत गर्नुभएको छ । संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषदबाट रुसलाई निष्कासन गरेपछि पेस्कोभको यो प्रतिक्रिया आएको हो।

परिषद्ले युक्रेनको मानव अधिकार तथा मानवीय सङ्कटप्रति चासो व्यक्त गरेको छ । युक्रेनको बुचामा भएको घटनामा रुसी सेना जिम्मेवार रहेको आरोपलाई पेस्कोभले अस्वीकार गर्नुभएको छ। साथै उहाँले वार्ताबाट युद्ध अन्त्यका उपायको खोजी भइरहेको समेत बताउनुभएको छ ।

रुसले युक्रेनको किएभबाट आफ्ना सेना हटाउँदै आक्रमणलाई पूर्वी युक्रेनमा केन्द्रित गरेको छ । पछिल्लो पटक हिजो पूर्वी क्षेत्रको क्रमातोस्कामा रहेको रेल स्टेशनमा रुसले गरेको रकेट आक्रमणमा कम्तीमा ३९ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया