पाकिस्तानका प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्तावमा आज मतदान हुँदै

 चैत २६, २०७८ शनिबार १०:२७:६ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्तावमाथि आज मतदान हुने भएको छ । तीन सय ४२ सांसद रहेको पाकिस्तानको संसदमा बहुमतका लागि १ सय ७२ मत आवश्यक पर्छ ।

विपक्षी दलले प्रधानमन्त्री खानले विश्वासको मत प्राप्त गर्न नसक्ने दाबी गर्दै आएका छन् । अर्थतन्त्रलाई गलत ढङ्गले व्यवस्थापन गरेको र सुशासन कमजोर पारेको भन्दै प्रधानमन्त्री खानविरुद्ध केही दिनअघि अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

अविश्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज (पी.एम.एल–एन) र पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का एक सय सांसदले हस्ताक्षर गरेका थिए । प्रधानमन्त्री खानले सर्वोच्च अदालतको फैसला स्वीकार गर्ने तर आफूलाई सत्ताच्युत गरे विपक्षीको सरकारलाई मान्यता नदिने चेतावनी दिनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

पाकिस्तानको सर्वोच्च अदालतले बिहीवार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद् विघटनलाई बदर गरिदिएको थियो । साथै संसदमा प्रधानमन्त्रीविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमा मतदान प्रक्रिया अगाडि बढाउन आदेश दिएको थियो।

अन्तिम अपडेट: असोज ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया