जापानद्वारा रुसी कोइला आयातमा प्रतिबन्ध : आठ जना रुसी कूटनीतिज्ञलाई देश निकाला

 चैत २६, २०७८ शनिबार १३:१२:३ | एजेन्सी
unn.prixa.net

जापानले रुसबाट कोइला आयातमा प्रतिबन्ध लगाएको छ । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले रुसी कोइला आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको घोषणा गर्नुभएको हो ।

यूक्रेनमा आक्रमण गरेको रुसले नागरिकको हत्या गर्ने र आणविक ऊर्जा केन्द्रलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको उहाँले टिप्पणी समेत गर्नुभएको छ । जापानले अमेरिका र युरोपेली देशहरूसँग समन्वय गरेर रुस विरुद्धको आर्थिक नाकाबन्दीमा सहकार्य गर्दै आएको छ । प्रधानमन्त्री किशिदाले जापान युक्रेनको साथमा रहेको पनि बताउनुभएको बीबीसीले उल्लेख गरेको छ ।

भारत र चीनपछि जापान विश्वको तेस्रो ठूलो कोइला आयातकर्ता हो । जापानको कुल कोइला आयातको ११ प्रतिशत रुसबाट आउने गरेको थियो । यसैबीच जापानले आठ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको पनि जनाएको छ । यसअघि अष्ट्रियाले पनि आफ्नो देशमा रहेर कुटनीतिक मान्यता विपरीत काम गरेको भन्दै चार जना रुसी कूटनीतिज्ञलाई अप्रिल १२ भित्र देश छोड्न आदेश दिएको छ । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया