रुसद्वारा युक्रेन युद्धको कमाण्डर परिवर्तन

 चैत २६, २०७८ शनिबार १५:३९:१८ | एजेन्सी
unn.prixa.net

रुसले युक्रेन युद्धको कमाण्डर परिवर्तन गरेको छ । आक्रमण शुरु गरेको ४४ औं दिनसम्म पनि अपेक्षित उपलब्धि हासिल गर्न नसकेपछि रुसले युद्ध कमाण्डर परिवर्तन गरेको पश्चिमा गुप्तचर अधिकारीलाई उधृत गर्दै बीबीसीले जनाएको छ ।

रुसले सिरिया युद्धमा लामो अनुभव भएका अलेकजेन्डर डीभोर्निकोभलाई युक्रेनमाथि कारबाहीको नेतृत्व दिएको हो । यस अघि विभिन्न क्षेत्रमा छुट्टाछुट्टै कमान्डरले युद्ध चलाइरहेकोमा युक्रेन आक्रमणमा खटिएका विभिन्न इकाईसँग संयोजन सुधार्ने प्रयत्न स्वरूप नयाँ कमान्डर खटाइएको बीबीसीले जनाएको छ । रुसले किभ लगायत मुख्य सहर कब्जा गर्न सकेको छैन भने अहिले पूर्वको डोनबास क्षेत्रमा केन्द्रित भएको छ ।

रुसी रणनीतिलाई तुलनात्मक रूपमा सानो सङ्ख्यामा रहेका युक्रेनी इकाईहरूले विफल बनाउँदै लगेपछि रुस मुख्य सहरबाट पछि हटेको छ । रुसले दोस्रो विश्व युद्धमा विजय प्राप्त गरेको दिन ९ मे अगाडि युक्रेनमाथि सफलता पाउने प्रयास गरिरहेको र यसैको लागि युद्ध कमाण्डर परिवर्तन गरेको पश्चिमा गुप्चर अधिकारीहरुले बताएका बीबीसीले जनाएको छ । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया