पाकिस्तानका प्रधानमन्त्री खान पदमुक्त : अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री

 चैत २७, २०७८ आइतबार ६:४३:० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हट्नुभएको छ । खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि पदमुक्त हुनुभएको हो । खान अविश्वासको मतबाट पदमुक्त हुने पहिलो पाकिस्तानी प्रधानमन्त्री समेत बन्नुभएको छ ।

विपक्षी दलहरूले उहाँको विरुद्धमा प्रस्ताव ल्याएपछि गएराति मतदान भएको थियो । संसदमा रहेका ३ सय ४२ सदस्यमध्ये प्रस्तावको पक्षमा एक सय ७४ सदस्यले मत दिएका छन् । जुन बहुमतका रुपमा रहेको छ ।

संसदमा मतदान हुनुअघि प्रधानमन्त्री खानले आफूलाई हटाउन षड्यन्त्र भएको दाबी गर्दै विपक्षी सरकारलाई मान्यता नदिने चेतावनी दिनुभएको थियो । अब भोलि बस्ने संसदमा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनेछ ।

पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री खानले गरेको संसद् विघटनलाई असंवैधानिक ठहर गरेको थियो । प्रधानमन्त्री खानको पार्टी (पीटीआई) ले पनि खानविरुद्ध अन्तर्राष्ट्रिय षड्यन्त्र भएको टिप्पणी गरेको छ । तर विपक्षी नेता शहबाज शरीफले पाकिस्तान गम्भीर सङ्कटबाट मुक्त भएको प्रतिक्रिया दिनुभएको बीबीसीले जनाएको छ ।

पाकिस्तान मुस्लिम लिग–एन (पीएमएल–एन) का नेता शहबाज शरीफलाई नयाँ प्रधानमन्त्रीको रूपमा चर्चा गरिएको छ । बढ्दो मुद्रा स्फीति, डलरसँग कमजोर बनेको पाकिस्तानी मुद्रा र कर्जा व्यवस्थापनका कारण खान नेतृत्वको सरकारको आलोचना हुँदै आएको थियो । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • अस्लामी किराना

    April 10, 2022, 2:17 p.m.

    के पि ओलिले पनि पाठ सिक्नु पर्यो

  •  0 Reply

तपाईको प्रतिक्रिया