मनोरञ्जन कर बुझाउन काठमाण्डौ महानगरको ताकेता

 चैत २७, २०७८ आइतबार ७:२९:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले मनोरञ्जन कर बुझाउन सम्बन्धित क्षेत्रलाई ताकेता गरेको छ ।

महानगरले सूचना निकालेर मनोरञ्जनसँग सम्बन्धित व्यापार व्यवसाय गर्ने व्यक्ति र संस्थालाई कर बुझाउन आग्रह गरेको हो ।

वाग्मती प्रदेशको प्रदेश आर्थिक ऐन, २०७८ को अनुसूची–३ ले तोकेको दररेट अनुसार महानगरभित्रका व्यवसायलाई राजस्व विभागमा कर बुझाउन भनिएको छ ।

दररेट अनुसार चलचित्र टिकटबापत ५ प्रतिशत, क्यासिनोमा प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति ५० रुपैयाँ, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा रात्रिक्लब प्रवेश गर्ने ग्राहकबाट प्रतिव्यक्ति २० रुपैयाँ र सांस्कृतिक प्रदर्शन हल, थियटर वा नाटक घर, फनपार्क, वाटर गार्डेन, बालउद्यान, फुटसल, जुम्बा, मसाज एवम् स्पा, स्विमिङ्ग पुल, पार्क प्रवेश गर्दा एकमुस्ट प्रति टिकट ५ प्रतिशत बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया