एमालेबाट बनेका पूर्व अर्थमन्त्रीहरूको आरोप : सरकारका गलत क्रियाकलापले अर्थतन्त्र खतरामा

 चैत २७, २०७८ आइतबार १४:२८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेले वर्तमान सरकारको गलत क्रियाकलापकै कारण देशको अर्थतन्त्र खतरामा रहेको आरोप लगाएको छ । पछिल्लो आर्थिक अवस्थाबारे काठमाण्डौमा पत्रकार सम्मेलन गरेर एमालेले सरकारले अझै पनि बदमासी गर्दै गएमा नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै टाट पल्टने अवस्थामा पुग्ने जनाएको छ ।

कार्यक्रममा पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारले निकै बुद्धि पुर्‍याउर अर्थतन्त्र जोगाउनुपर्नेमा गभर्नरलाई नै हटाउने काम गरेर ठूलो जोखिम निम्ताएको बताउनुभयो । अर्थमन्त्री जनार्दन शर्माले गभर्नरलाई आफू माताहतका कर्मचारीलाई जस्तै चलाउन खोजेको आरोप लगाउनुभयो ।

यस्तै पूर्व अर्थमन्त्री तथा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले अर्थतन्त्र सुधारको काम गर्न खोज्दा खोज्दै गभर्नरलाई हटाउन खोजेर सरकारले आफ्ना स्वार्थ पूरा गर्न खोजेको बताउनुभयो । रुस–युक्रेन युद्धका कारण संसारका धेरै देशले निकै सुझबुझ ढङ्गबाट काम गरिरहेको अवस्थामा नेपालको सरकार पटक्कै गम्भीर नरहेको उहाँकाे भनाइ छ । विदेशी विनिमय सञ्चितिको अवस्था, बढ्दो व्यापार घाटा, पुँजीगत खर्च, मूल्य वृद्धि लगायतका हरेक सूचक हेर्दा अर्थतन्त्र निकै समस्यामा पुग्न सक्ने सङ्केत देखिएकोले बेलैमा सरकारले उचित निर्णय लिनुपर्ने उहाँले बताउनुभयाे । 

यस्तै पूर्व अर्थमन्त्री युवराज खतिवडाले यो सरकारको गठन भएदेखि नै अर्थतन्त्रलाई गलत ढङ्गले चलाउन खोज्दा अवस्था बिथोलिएको आरोप लगाउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया