सरकारको ध्यान आर्थिक समस्यामा भन्दा आफ्नै स्वार्थ पूरा गर्न केन्द्रित छ : एमाले (पूर्णपाठसहित )

 चैत २७, २०७८ आइतबार १४:४९:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेबाट बनेका तीन जना पूर्व अर्थमन्त्रीहरूले सरकारले अहिले आर्थिक समस्या समाधानमा ध्यान दिन छाडेर स्वार्थ पूरा हुने काममा लागेको आरोप लगाएका छन् ।

आज आइतवार काठमाण्डौमा पत्रकार सम्मेलन गरेर पूर्व अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडाले सरकारका गलत क्रियाकलापले नै अर्थतन्त्र धराशायी बन्न थालेको आरोप लगाएका हुन् ।

‘गठबन्धन सरकारले आर्थिक अध्यादेशमाथि खेलबाड गर्‍याे । नेकपा (एमाले) को सरकारले अध्यादेशमार्फत ल्याएको लोकप्रिय बजेटलाई आफ्नो निहित स्वार्थ अनुकूल परिवर्तन गर्ने दुराशय सरकारले राख्यो । समयमा नै बजेट पारित नगर्दा देशको इतिहासमा नै पहिलो पटक देश बजेटविहीन अवस्थाबाट गुज्रिनुपर्‍याे’, विज्ञप्तिमा भनिएको छ ।

बजेट ल्याउन गरिएको ढिलाइ र समयमा नै मौद्रिक नीति ल्याउन अर्थमन्त्रीले रोकेकै कारण मौद्रिक क्षेत्रमा देखिएका समस्या राष्ट्र बैंकले समयमा नै सम्बोधन गर्न नपाएको र त्यसको नतिजा स्वरूप आज वित्तीय सङ्कटतिर जानुपरेको एमालेको दाबी छ ।  

तीन जना पूर्व अर्थमन्त्रीले निकालेको संयुक्त विज्ञप्ति यस्तो छ–

अन्तिम अपडेट: जेठ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया