पाकिस्तानको इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले ५ वर्षे कार्यकाल पूरा गर्न पाएनन्

 चैत २७, २०७८ आइतबार १५:११:१६ | एजेन्सी
unn.prixa.net

तस्बिर : पीटीआई

पाकिस्तानको इतिहासमा अहिलेसम्म कुनै पनि प्रधानमन्त्रीले पाँच वर्षे कार्यकाल पूरा गर्न पाएका छैनन् । सन् १९४७ मा भारतबाट छुटिएर स्वतन्त्र देश बनेको पाकिस्तानमा १९ औँ प्रधानमन्त्री बन्नुभएका इमरान खान अविश्वासकाे प्रस्तावबाट बर्खास्त भएसँगै अहिलेसम्मका सबै प्रधानमन्त्रीले पूरा कार्यकाल काम गर्न नपाएका हुन् ।

पाकिस्तानका पहिलो प्रधानमन्त्री लियाकत अलीको सन् १९५१ मा हत्या भएको थियो । लियाकत अली पछिका सात जना प्रधानमन्त्रीले राजीनामा दिए । चार जना सैन्य 'कु' बाट र एक जना राष्ट्रपतिबाट अपदस्थ भए । दुई जनालाई अदालतले दोषी ठहर गरेर अयोग्य घोषणा गर्‍याे । तीन जनाले राष्ट्रिय सभाको पाँच वर्षको कार्यकाल पूरा भएपछि पद त्याग गरे । तर उनीहरूले पूर्ववर्ती प्रधानमन्त्रीको बाँकी कार्यकाल सम्हालेका थिए ।

अविश्वासकाे प्रस्तावबाट बर्खास्त हुने इमरान खान पहिलो प्रधानमन्त्री हुनुहुन्छ । पाकिस्तानमा पटक–पटक गरी झन्डै तीस बर्ष सेनाले शासन गरेको छ । पाकिस्तानमा सरकार गठन तथा सत्ता सञ्चालनका लागि सेनाको भूमिका महत्त्वपूर्ण रहँदै आएको छ ।

राजनीतिक अस्थिरता, सैन्य शक्ति, व्यापक भ्रष्टचार, आतङ्कवादी समस्याका कारण पाकिस्तानको संसद् र सरकार अस्थिर बन्ने गरेको छ । भारतसँगको तनाव र अमेरिकी प्रभावका कारण पनि पाकिस्तानी राजनीतिमा समस्या दोहोरिहने अन्तर्राष्ट्रिय विज्ञहरू बताउँछन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया