एनसेलले ल्यायो नयाँ वर्षमा आकर्षक 'अफर' हरू

 चैत २७, २०७८ आइतबार २०:३३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – एनसेलले नेपाली नयाँ वर्ष २०७९ काे अवसरमा ग्राहकका लागि आकर्षक न्यु इयर कम्बो अफर र रिचार्ज योजना ल्याएको छ । यी अफर आज आइतवार (चैत २७ गते) देखि सञ्चालनमा आएकाे कम्पनीले जनाएकाे छ । 

न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले सात दिन र २८ दिन समयसीमा रहेका विभिन्न प्याक सुरु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डाटा, अल नेट एसएमएस र नन्स्टप अन नेट भ्वाइस सेवाजस्ता आकर्षक सेवा बन्डलिङबाट फाइदा लिन सक्छन् । 

त्यस्तै रिचार्ज योजनाअन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैयाँ वा त्याेभन्दा बढीको हरेक रिचार्जमा बोनस स्वरूप फेसबुक, टिकटक, युट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् ।

कम्बो प्याक अन्तर्गत सात दिनको समयसीमा रहेको प्याक ग्राहकले करसहित ९६ रुपैयाँमा सुरु गर्न सक्छन् । यस प्याकमा बन्डल गरिएको एक जीबी अलटाइम डाटा र कुनै पनि नेटवर्कमा फाेन गर्न सकिने एक सय मिनेट अल नेट टक टाइम बाट फाइदा लिन सक्छन् ।त्यस्तै ग्राहकले एक सय ६८ रुपैयाँमा पाँच जीबी अल टाइम डाटा र एक सय मिनेट अल नेट टक टाइम रहेको अर्को सत दिने प्याक एक सय ६८ रुपैयाँमा सुरु गर्न सक्छन् ।ग्राहकका लागि २८ दिन समयसीमा रहेको प्याक पनि रहेको जसअन्तर्गत ग्राहकले दुई सय ९८ रुपैयाँमा २.५ जीबी डाटासँगै दुई सय ५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । इच्छुक ग्राहकले *१७१२३*१# डायल गरी यो प्याक सुरु गर्न सक्छन् ।

कम्बो प्याक अन्तर्गत नै विशेष प्रिपेड ग्राहकका लागि धेरै डाटा भोलुम सहित २८ दिन समयसीमा रहेको अन्य दुई प्याक पनि रहेका छन् । सात सय ९८ रुपैयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन एक जीबी डाटा सहित नन्स्टप अन नेट कल सुविधा पाँच हजार मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रही ५० मिनेट अफ नेट टक टाइम र एक सय अल नेट एसएमएसको फाइदा लिन सक्छन् ।यसै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले नाै सय ९८ रुपैयाँमा हरेक दिन दुई जीबी डाटा २८ दिनसम्म एनसेल नेटवर्कभित्र नन्स्टप कल सुविधा, एक सय मिनेट अफ नेट टक टाइम र दुई सय वटा अल नेट एसएमएस पाउँछन् ।

यसका साथै रिचार्ज योजनामा ग्राहकले ५० रुपैयाँ वा त्याेभन्दा बढीको हरेक रिचार्जमा सोसल मिडिया डाटा प्याक प्राप्त गर्दछन् ।५० देखि ९९ रुपैयाँ रिचार्ज गर्ने ग्राहकले एक दिनको समयसीमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् ।त्यस्तैगरी एक सयदेखि एक सय ९९ रुपैयाँको रिचार्जमा ग्राहकले तीन दिनको समयसीमा रहेको दुई सय एमबी सोसल प्याक र दुई सय वा त्याेभन्दा बढीको रिचार्जमा ग्राहकले सात दिनको समयसीमा रहेको पाँच सय एमबी सोसल प्याक पाउँछन् । यसरी बोनसमा पाइने सोसल प्याकको डाटा ग्राहकले फेसबुक, टिकटक र युट्युब चलाउन प्रयोग गर्न सक्छन् । याे रिचार्ज योजना १५ दिनका लागि मान्य रहनेछ । 

अन्तिम अपडेट: असार ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया