युक्रेनको राजधानी किएभ नजिक अर्को सामूहिक चिहान फेला

 चैत २७, २०७८ आइतबार १८:४२:५५ | एजेन्सी
unn.prixa.net

युक्रेनले राजधानी किएभ नजिकै अर्को सामूहिक चिहान फेला परेको बताएको छ । रुसी सेना फर्किएपछि खोजी तथा उद्धारका क्रममा बुजोभा गाउँमा गैरसैनिकको सामूहिक चिहान भेटिएको युक्रेनले बताएको बीबीसीले जनाएको छ ।  

किएभ नजिकैको विभिन्न क्षेत्रमा पनि यसअघि पनि सामूहिक चिहान भेटिएकाे थियाे । युक्रेनी राजधानीलाई घेराबन्दी गरेको रुसी फौजले कैयौँ दिनसम्म त्यो क्षेत्र कब्जा गरेको थियो । सामूहिक चिहान भेटिएपछि युद्ध अपराधको आरोप लगाउँदै अन्तर्राष्ट्रियस्तरबाट रुसको निन्दा भएको छ । तर रुसले आफूले कुनै गल्ती नगरेको बताउँदै आएको छ । 

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका पूर्व प्रमुख आर्थिक सल्लाहकारले पश्चिमा देशहरूले रुसी ऊर्जामाथि वास्तविक प्रतिबन्ध लगाएमा युक्रेनमा चलिरहेको युद्ध रोकिन सक्ने बताउनुभएको छ । सन् २००५ सम्म पुटिनसँग काम गरेका आन्द्रेई इलारीनोभले बीबीसीसँग कुरा गर्दै ऊर्जाको प्रयोग घटाउने अरू देशका चेतावनीलाई रुसले गम्भीरतापूर्वक नलिएको बताउनुभएको हो । 

अघिल्लो वर्ष इन्धन र ग्यासबाट प्राप्त हुने आम्दानीले रुसी सरकारको बजेटको एक तिहाइ भन्दा बढी ओगटेको थियो । युरोपेली सङ्घ एक्लैले रुसलाई ऊर्जाका लागि प्रतिदिन एक अर्ब युरो तिर्ने बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: भदौ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया