भारतको जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यार्थीहरुबीच झडप

 चैत २८, २०७८ सोमबार ९:३१:३६ | एजेन्सी
unn.prixa.net

भारतको राजधानी नयाँ दिल्लीमा रहेको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू) मा विद्यार्थीबीच झडप भएको छ । झडपमा केही घाइते भएका छन् ।

हिजो रामनवमीका दिन मांसहारी खाना बनाएको भन्दै विवाद हुँदा झडप भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हिन्दुले रामनवमीमा मांसहारी भोजन गर्दैनन् । तर, यस्तो खाना बनेपछि हिजो जेएनयू होस्टेलको मेसमा मासु पकाउने राष्ट्रिय स्वयम्सेवक सङ्घसँग आबद्ध अखिल भारतीय विद्यार्थी परिषद् र बामपन्थी विद्यार्थी सङ्गठनबीच विवाद भएको थियो ।

दुवै पक्षले नै एक–अर्काले आफ्ना साथीहरूलाई आक्रमण गरेको आरोप लगाएका छन् । भारतको प्रतिष्ठित जवाहरलाल नेहरू विश्वविद्यालयमा बामपन्थी र दक्षिण पन्थी विद्यार्थीबीच बेला–बेलामा झडप हुने गरेको छ । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया