युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले घट्ने प्रक्षेपण

 चैत २८, २०७८ सोमबार ११:२८:५३ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र झन्डै ४५ प्रतिशतले घट्ने प्रक्षेपण गरिएको छ । 

विश्व बैंकको प्रक्षेपणले युद्धका कारण युक्रेनको अर्थ व्यवस्था कोरोना महामारी कारण पूर्वी युरोप र मध्य एसियामा परेको असर भन्दा बढी हुने देखाएको छ। 

युक्रेनमा शासन चलाइराख्न अनि कठिनाइमा परेका मानिसलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि विश्व बैंकले जनाएको छ ।

युक्रेनका धेरैजसो काम गर्ने समूहका मानिस या त लड्न या त भाग्न बाध्य भएका छन्। व्यापार बन्द छन्। सडक, कारखाना अनि अन्य पूर्वाधार ध्वस्त भएका छन्। वर्षौँको प्रगति शून्यमा झरेको छ । 

युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्ने गर्थ्यो जुन अहिले ठप्प भएको बीबीसीले उल्लेख गरेको छ । यसले गर्दा विश्वभरि नै खाद्यान्नको मूल्य बढ्ने अनुमान छ ।

यस्तै, अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धका कारण रुसको अर्थतन्त्र पनि ११ प्रतिशतले खुम्चने विश्व बैंकले जनाएको छ । यस्तै, बेलारुस, किर्गिस्तान, मोल्दोभा र ताजिकिस्तानमा पनि आर्थिक मन्दी आउने प्रक्षेपण गरिएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया