रुसद्वारा फिनल्यान्ड र स्वीडेनलाई नेटोमा आबद्ध नहुन आग्रह

 चैत २९, २०७८ मंगलबार ८:५४:४१ | एजेन्सी
unn.prixa.net

रुसले फिनल्यान्ड र स्वीडेनलाई पश्चिमा सैन्य सङ्गठन नेटोमा सामेल नहुन आग्रह गरेको छ ।

रुसले फिनल्यान्ड र स्वीडेन नेटोमा सामेल भए युरोपमा स्थायित्व नआउने चेतावनी दिएको बीबीसीले जनाएको छ । रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले नेटो सङ्गठन रुससहित विभिन्न देशमा अस्थिरता निम्त्याउने माध्यमका रुपमा रहेको आरोप समेत लगाउनुभएको छ ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ । युक्रेन नेटोमा सामेल हुन नहुने रुसको मुख्य माग छ। आउँदो जुनको सुरुमा फिनल्यान्ड र स्वीडेनको नेटो सदस्यबारे छलफल हुने सम्भावना छ । तर रुसले युक्रेनमा गरेको आक्रमणपछि फिनल्यान्ड र स्वीडेनमा नेटोमा सामेल हुने पक्षमा जनमत बढ्दो छ।

सन् १९४९ मा सोभियत विस्तार खतराको सामना गर्न नेटोको गठन भएको थियो।
 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया