फिलिपिन्समा आँधी : ज्यान गुमाउनेको सङ्ख्या २५ पुग्याे

 चैत २९, २०७८ मंगलबार १०:५७:१० | एजेन्सी
unn.prixa.net

फिलिपिन्समा समुद्री आँधी पछिको बाढी पहिरोमा परेर ज्यान गुमाउनेको सङ्ख्या २५ पुगेको छ । फिलिपिन्सको पूर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यको बेबे सहरमा २२ जनाले ज्यान गुमाएका छन् । त्यहाँ थप ६ जना बेपत्ता छन् । अरु तीन जनाको दाभाओ क्षेत्रमा ज्यान गएको हो ।

ठूलो पानीसँगै आएको ‘मेघी’ नामको आँधीका कारण १३ हजारभन्दा धेरै नागरिक विस्थापित भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आँधीले घरको छाना उडाउनुका साथै जताततै रुखहरु ढलेको छ । बिजुलीको आपूर्ति ठप्प छ । सयौँ गाडीमा क्षति पुगेको छ ।

यातायात सेवा प्रभावित भएको छ । त्यहाँको सरकारले आँधी प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित ठाउँमा जान र सचेत रहन अनुरोध गरेको छ । ‘मेघी’ फिलिपिन्समा आएको यो वर्षको पहिलो आँधी हो । फिलिपिन्समा यसअघि गएको डिसेम्बरमा आएको ‘राई’ नामको आँधीका कारण चार सयभन्दा धेरैले ज्यान गुमाएका थिए ।

तस्बिर : एनडीटीभी 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया