धौलागिरि हिमालमा एक जना आरोहीको ज्यान गयो

 चैत २९, २०७८ मंगलबार १४:९:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – धौलागिरि हिमाल आरोहण गरेर फर्कने क्रममा एक ग्रिसेली पर्वतारोहीको ज्यान गएको छ ।

हिजो साेमवार बिहान धौलागिरि हिमालको सफल आरोहण गरेर फर्कने क्रममा सात हजार चार सय मिटरको उचाइमा ग्रीसका आरोही एन्टोनिस स्यकारिसको ज्यान गएको आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले जानकारी दिनुभयो । ६० वर्षका पर्वतारोही एन्टोनिस पर्वतारोहणसँगै खेलकुदमा समेत सक्रिय रहनुभएको शेर्पाकाे भनाइ छ ।

एन्टोनिसले सगरमाथासहित आठ हजार मिटरभन्दा माथिका कञ्चनजङ्घा‚ मनास्लु, ल्होत्से र अन्नपूर्ण गरी पाँच वटा हिमाल आरोहण गरिसक्नुभएको छ । अहिलेसम्म ६३ वटा हिमालको आरोहण गरिसक्नुभएका एन्टोनिस प्रख्यात आरोहीको रुपमा चिनिनुहुन्थ्यो । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया