श्रीलङ्कामा विदेशी ऋण भुक्तानी गर्न अस्थायी रोक

 चैत २९, २०७८ मंगलबार १४:४१:४१ | एजेन्सी
unn.prixa.net

श्रीलङ्काले विदेशी ऋण भुक्तानीमा अस्थायी रोक लगाएको छ । विदेशी मुद्रा सञ्चिति कम भएपछि तत्कालका लागि विदेशी ऋणको ब्याज तथा किस्ता भुक्तानीमा रोक लगाएको गभर्नर पी. नन्दलाल वीरासिंघेलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ । 

गभर्नरले आज मङ्गलवार पत्रकार सम्मेलन गरेर ऋण तिर्नका लागि प्रयोग हुने विदेशी मुद्राले केही समयका लागि इन्धन, खाद्यान्नलगायतका वस्तु खरिद गर्न सक्ने भएकाले ऋण तिर्ने कामलाई स्थगित गरेको बताउनुभएको छ । अहिले ऋण भुक्तानी असम्भव अवस्थामा आइसकेकोले यस्तो निर्णय गर्नुपरेको उहाँको भनाइ छ । 

श्रीलङ्कामा खाद्यान्न र औषधिको अभावसँगै लामो समयदेखि विद्युत् कटौती हुँदा त्यहाँका नागरिककाे जनजीवन कष्टकर बनेको छ । श्रीलङ्काले अर्को हप्ता अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग ऋण कार्यक्रममा वार्ता सुरु गर्ने भएको छ । 

यसैबीच जीवन बचाउने औषधि अभावमा श्रीलङ्कामा ठूलो सङ्ख्यामा नागरिकहरूको ज्यान जान सक्ने डाक्टरहरूले चेतावनी दिएका छन् । हृदयघातको उपचार गर्ने औषधिहरू र नवजात शिशुहरूलाई सास फेर्न प्रयोग हुने ट्युबहरूको देशव्यापी अभाव भएको भन्दै स्वास्थ्यकर्मीले यस्तो चेतावनी दिएका हुन् । 

यस्तै लोडशेडिङले श्रीलङ्काको ग्रामीण क्षेत्रमा स्वास्थ्यकर्मीलाई बिरामीको घाउमा टाँका लगाउन समस्या हुनुका साथै अँध्यारोमा सर्पदंशको उपचार गर्न बाध्य पारिरहेको डाक्टरहरूले बताएका छन् । श्रीलङ्काकाे स्थिति यति भयावह छ कि धेरै अस्पतालले नियमित शल्यक्रियाहरू स्थगित गरेका छन् । 

अन्तिम अपडेट: असार ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया