झापा कपको अन्तिम क्वाटरफाइनलमा आज एनआरटी र चित्लाङ फुटबल क्ल...
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुन सक्ने बताउनुभएको छ ।
आज मङ्गलवार काठमाण्डाैमा भएकाे साक्षात्कारमा बोल्दै पूर्वगभर्नर नेपालले राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सरकारले लगाएको आरोप पुष्टि नहुन सक्ने बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार स्वायत्तता संस्था भएकाले सरकारले स्वायत्त दिनुपर्ने बताउनुभयो । वित्तीय स्वायत्तता दिए केन्द्रीय बैंकले वित्तीय स्थायित्व गर्न सक्ने भन्दै पूर्वगभर्नर नेपालले केन्द्रीय बैंकको स्वायत्तता हुनुपर्छ मन्ने मान्यता विश्वभरि रहेको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले अर्थतन्त्र केही परिर्वतन भएको हो तर अहिले बाहिर आएजस्तो भएको छ भन्ने मलाई लाग्दैन । नेपाल राष्ट्र बैंकलाई सरकारले नै बनाएको हो । गभर्नर पनि सरकारले नै बनाउने हो । राष्ट्र बैंकका सञ्चालक पनि सरकारले नै नियुक्ति गर्छ । फरक के हो भन्दा राष्ट्र बैंकको काम मौद्रिक नीति बनाएर कार्यान्वयन गर्ने र देशमा वित्तीय स्थायित्व जोगाउने, साेधानान्तर स्थितिलाई राम्रो बनाउने र सरकारको सल्लाहकारको रूपमा काम गर्ने हो । याे कुरा नेपाल राष्ट्र बैंक ऐन २०५८ मा छ । सरकारले अहिले गभर्नरलाई निलम्बन गरेको छ । सरकारले लगाएका आरोपहरू पुष्टि नहुन सक्छ । त्यस कारण आरोप लाग्ने/लगाउने भन्ने कुरा आफ्नो ठाउँमा कानुनले ल्याएको कुरा मान्दिन भन्न मिल्दैन । यसले केन्द्रीय बैंकमा अन्य कर्मचारीको मनोबल फरक पार्छ । तर पनि संसारका अन्य देश– जस्तो श्रीलङ्कामा दुई पटक गभर्नर परिर्वत भइसक्यो ।’
पूर्वगभर्नर नेपालले प्रधानमन्त्री र मन्त्रीहरू सरकारमा आएपछि चुनावमा नागरिकसँग प्रतिबद्धता गरेका कुरा बजेटमार्फत पूरा गर्ने उद्देश्यले बजेट बजारमा धेरै छर्ने तर केन्द्रीय बैंक सङ्कुचित सोचबाट हिँड्ने भएकाले दुवैको कुरा नमिल्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘बजारमा बढी पैसा भयो भने कसरी तान्ने भन्ने काम केन्द्रीय बैंकले गर्छ । त्यस कारण केन्द्रीय बैंक सङ्कुचित सोचबाट हिँडेको हुन्छ । तर सरकारले बजारमा पैसा पठाएर भोटरलाई खुसी बनाउनका लागि विभिन्न कार्यक्रम ल्याएकाे हुन्छ । त्यस कारण केन्द्रीय बैंक र सरकारबीच विश्वका कुनै पनि देशमा धेरै कुरा मिलेको हुँदैन । मेरो बेलामा पनि भएको थियो । मेरोभन्दा अगाडि पनि भएको थियो । यो भइ नै रहन्छ । अर्थमन्त्री र गभर्नर फरक क्रियाकलापबाट अगाडि बढ्ने हो । एउटाले तरलतालाई कम गराएर देशको आर्थिक विकासलाई दुरगामी असर नपार्ने गरी वित्तीय स्थायित्वलाई हेर्छ भने अर्कोले तरलता बजारमा छरेर आर्थिक विकासलाई अगाडि बढाउँछ ।’
पूर्वगभर्नर नेपालले कोरोना महामारीपछि केन्द्रीय बैंकले उद्योगी व्यवसायीहरूलाई सम्बोधन गर्ने क्रममा कर्जा विस्तार अत्यधिक भएको बताउनुभयो । राष्ट्र बैंकले कर्जा प्रवाह नियन्त्रण गर्न नसक्दा बजारमा तरलताको अभाव भएको उहाँकाे भनाइ छ । नेपालमा यो वर्ष इतिहासमै पहिलो पटक ३२ प्रतिशत कर्जा विस्तार भएकाे उहाँकाे दाबी छ । कर्जा विस्तार बढ्ने, समयमा बजेट नआउने, समयमा मौद्रिक नीति नआउने तथा देश बजेटविहीन अवस्थामा पुगेको र केन्द्रीय बैंकले समग्र वित्तीय क्षेत्रमा ब्याज दर तोकेकाले थप बजारमा तरलता अभाव भएको पूर्वगभर्नर नेपालले बताउनुभयो ।
पूर्वगभर्नर नेपालले देशकाे विदेशी मुद्रा सञ्चितिमा दबाब परेकाेमा कुनै शङ्का नभएको बताउनुभयो । उहाँले दबाब पनि केही समयपछि विस्तारै सुधार हुँदै जाने उल्लेख गर्नुभयाे । नेपालमा अहिले अर्थतन्त्रको विषयमा जति नै बहस भए पनि श्रीलङ्काको जस्तो अवस्थाबाट अर्थतन्त्र नगुज्रिएको उहाँकाे दाबी छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।