पाकिस्तानमा मन्त्रिपरिषद् गठन, बिलावाल भुट्टो विदेश मन्त्री नियुक्त

 चैत ३०, २०७८ बुधबार ८:१९:२ | एजेन्सी
unn.prixa.net

पाकिस्तानकाे नयाँ प्रधानमन्त्री शहबाज शरीफ

पाकिस्तानमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ । नयाँ मन्त्रिपरिषदमा गठबन्धनमा सहभागी विभिन्न दलको तर्फबाट सिफारिस गरिएका नेताहरूलाई समेटिएको छ ।

सोमबार प्रधानमन्त्रीमा निर्वाचित शेहबाज शरिफले हिजो सपथ ग्रहण गरेपछि नयाँ मन्त्रीहरू नियुक्त गर्नुभएको हो । बिलावाल भुट्टो जर्दारी विदेशमन्त्री बन्नुभएको छ । त्यसैगरी आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी राना सनाउल्लाहलाई र सञ्चार मन्त्रीको जिम्मेवारी मार्यम औराङजाबलाई दिइएको छ ।

शरिफ नेतृत्वको सरकारलाई उहाँको पार्टी पाकिस्तान मुस्लिम लिग–नवाजसँगै पाकिस्तान पिपुल्स पार्टी, जमैत उलेमा ए इस्लाम एफलगायतका पार्टीको समर्थन रहेको छ । निवर्तमान प्रधानमन्त्री इमरान खानले संसदमा विश्वासको मत प्राप्त गर्न नसकेपछि शरिफको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।

शरिफले सरकारको नेतृत्व गरेसँगै पहिलो निर्णयका रुपमा सरकारी कार्यालयको समय परिवर्तन गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बिहान १० बजेदेखि सुरु हुने सरकारी कार्यालयको सेवा अबदेखि ८ बजे नै सुरु हुनेछ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया