शेयर बजार ३० अङ्कले बढ्याे, काराेबार रकम डेढ अर्ब रुपैयाँ पनि पुगेन

 चैत ३०, २०७८ बुधबार १५:३१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज बुधवार ३० अङ्कभन्दा धेरैले बढेको छ । हिजो मङ्गलवार ३४ अङ्कभन्दा धेरैले घटेको शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव २४ अङ्कले बढेर दुई हजार चार सय १५ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा निर्जीवन बीमा, माइक्रोफाइनान्स, जीवन बीमा, उत्पादन, विकास बैंक र होटल तथा पर्यटनको समूहको शेयर उच्च अङ्कले बढेको छ ।

आज शेयर बढे पनि कारोबार रकम भने घटेको छ । हिजो एक अर्ब ५२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज दुई सय २९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ४७ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको आठ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

आज नेस्डो समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले र आरएमडीसी लघुवित्तको शेयर झन्डै नौ प्रतिशतले बढेको छ । दोहोरो अङ्कले बजार बढेको दिन युनाइटेड मर्दी हाइड्रोपावरको शेयर भने दुई प्रतिशतले घटेको छ । 

अन्तिम अपडेट: जेठ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया