युक्रेनको मरिपोल सहरमा १ हजार युक्रेनी सेनाले आत्मसमर्पण गरेका रुसको दाबी

 चैत ३०, २०७८ बुधबार १७:५६:४४ | एजेन्सी
unn.prixa.net

युक्रेनका एक हजार जनाभन्दा बढी सैनिकले घेराबन्दीमा रहेको युक्रेनी बन्दरगाह सहर मारिपोलमा आत्मसमर्पण गरेका रुसले दाबी गरेको छ । रुसी टेलिभिजनले एउटा कारखानामा युक्रेनी सैनिकहरूले आत्मसमर्पण गरेको बताएको बीबीसीले जनाएको छ ।

सैनिकहरूले प्रतिरक्षात्मक मोर्चा बनाएको कारखानाबाट आगोको मुस्लो निस्किरहेको देखेको रोयटर्सले जनाएको छ । ३६ औँ मरीन ब्रिगेड नाम गरेको सैन्य समूहले आत्मसमर्पण गरेको रोयटर्सले जनाएको छ । तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले ती सैनिकहरू घेराबन्दी तोडेर आजोभ बटालियनसँग गएर मिसिएको र त्यसको अर्थ मारिपोल अझै पराजित नभएको दाबी गरेका बीबीसीले जनाएको छ ।

दक्षिणी बन्दरगाह हप्तौँदेखि रुसी आक्रमणको निसानामा रहेको थियो । रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको त्याे बन्दरगाह सहरमा अझै एक लाख जति निःशस्त्र मानिस रहेका छन् । मारिपोलको भूमिबाट रुसले क्राइमिया र डोन्बाससँग जोड्ने बाटो पाउन सक्ने भएकाले त्यहाँ कब्जा गर्न रुसले आफ्नो शक्ति केन्द्रित गरेको छ । युक्रेनका लागि मारिपोलको पराजयबाट ठूलो चोट पर्नेछ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया