श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार

 बैशाख १, २०७९ बिहिबार ९:३५:५० | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

श्रीलङ्का सरकार प्रदर्शनकारीसँग वार्ता गर्न तयार भएको छ । प्रधानमन्त्री महिन्दा राजापाक्षेले राष्ट्रपतिको सचिवालय नजिकै निरन्तर प्रदर्शन गर्दै आइरहेका प्रदर्शनकारीसँग वार्ता गर्न तयार रहेको बताउनुभएको छ । उहाँले प्रदर्शनकारीलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

श्रीलङ्कामा चुलिएको आर्थिक सङ्कट तत्काल समाधान गर्न माग गर्दै निरन्तर प्रदर्शन हुँदै आएको छ । अभाव र महँगीविरुद्ध नागरिक सडकमा उत्रिएका छन् । आर्थिक सङ्कट चुलिँदै गएपछि श्रीलङ्कामा इन्धन, खाद्यान्न र औषधिसहित अत्यावश्यक वस्तु तथा सेवाको अभाव बढ्दै गएको छ ।

प्रदर्शन चर्केपछि सत्तारुढ दलसहित ४१ सांसदले राजीनामा दिइसकेका छन् । वर्तमान सरकार अल्पमतमा परेको छ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया